एभरेष्ट बैंकले गर्यो मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । बैंकले गोरखामा आयेजित एक कार्यक्रममा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा अति कमजोर सडक आश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने बताए ।
आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले एभरेष्ट बैंकको सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरुले अझ सुलभ सेवा लाभ लिन सक्ने बताइन् ।
सो कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक सुधिर गौतम, बैंकका गोरखा शाखाका शाखा प्रबन्धक सन्दिप खत्री र आश्रमका संयोजक इश्वर काजी मास्केको समेत उपस्थिति रहेको थियो ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल,३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६२ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल,इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
Shares