आइसिसी लिग-२ः आज त्रिवि मैदानमा नामिबियासँग खेल्दै नेपाल
प्रकाशित:
०२ फागुन २०८०
आइसिसी लिग-२ को त्रिदेशीय सिरिज आजदेखि सुरू हुँदैछ।
सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आजदेखि खेल्दैछन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग-२ को उद्घाटन खेलमा आज नेपाल र नामिबिया भिड्दै छ।
खेल बिहान सवा ९ बजे सुरू हुनेछ।
नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।
नेपालले फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares