५ अर्ब चुक्ता पुँजी रहेको नागरिक लगानी कोषको जगेडा कोषमा १८ अर्ब रुपैयाँ जम्मा

अर्थकागज
प्रकाशित: २४ साउन २०८१
Image description

काठमाडौं । नागरिक लगानी कोष लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।

यस अवधिमा कोषले १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कोषको खुद ब्याज आम्दानी भने १९.५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा पनि ५.२५ प्रतिशतले बढेको छ । कोषको खर्च र करको रकमा बृद्धि आएकाले नाफा घटेको हो ।

चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको कोषको जगेडामा १८ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको छ । असार मसान्तसम्ममा कोषको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर