नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

प्रकाशित:
०९ कात्तिक २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सेयर मूल्य समायोजन भएको हो ।
नेप्सले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ८८.४५१६८ प्रतिशत हकप्रद सेयरका लागि मूल्य समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको प्रतिकित्ता १ हजार १०१ रुपैयाँ ८५ पैसामा कारोबार खुल्ने छ। नेप्सेमा विहिबारको अन्तिमा कारोबार मूल्य १ हजार ९८८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ७५ रुपैयाँलाई आधार मानेर मूल्य समायोज गरिएको हो । समायोजन पछिको मूल्य ९४० रुपैयाँ ९२ पैसा कायम भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares