रिलायन्स स्पिनिङ मिल्सको कटअफ प्राइस ९१२ रुपैया, सर्वसाधारणलाई कति ?

अर्थकागज
प्रकाशित: १४ माघ २०८०
Image description

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत निष्काशन गरेको आईपिओको बोलपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसरमा खोलिएको छ ।

कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि आह्वान गरिएको आईपीओमा जम्मा ६४ संस्थागत लगानीकर्ताहरूले आवेदन दिएका थिए । तिनै संस्थागत लगानीकर्ताहरुबाट प्राप्त आवेदनको बोलपत्र खोलिएको हो ।

आईपिओ बित्रि प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको सेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ हुने भएको छ । कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको सेयर माग हुन आएको छ।

संस्थागत लगानीकर्ताहरुको मूल्य ९१२ रुपैयाँ कायम हुँदा यो कम्पनीको आईपिओको मूल्य सर्वसाधारणलाई ८२०.८० रुपैयाँ पर्नेछ । बुक बिल्डिङ्ग प्रक्रिया मार्फत जारी हुने आईपिओ संस्थागत लगानीकर्ताहरुको तुलनामा सर्वसाधारण लगानीकर्ताहरुले १० प्रतिशत छुटमा खरिद गर्न पाउने व्यवस्था छ । 


कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर