लाभांश नदिएर सेयरधनीलाई निराश बनाएको नेको इन्सुरेन्सको सिईओको तलव मात्रै १ करोड १० लाखमाथि, संचालकले बुझे लाखौंलाख भत्ता

प्रकाशित:
११ माघ २०८०

काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिृकत (सिईओ) लाई तलव मात्रै १ करोड १० लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।
अशोक कुमार खड्का कम्पनीको सिईओ रहेका छन् । सिइओ खड्काले तलव बाहेक अन्य बोनस, भत्ता, दशैभत्ता लगायतको शिर्षकमा लाखौं रुपैयाँ लिएका छन् । बार्षिक प्रतिवेदन अनुसार कम्पनीले गत आर्थिक वर्षमा संचालकको बैठक भत्ता वापत २३ लाख १४ हजार ५ सय रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ७४ करोड २५ लाख ९ हजार ७७८ रुपैयाँ खर्च गरेको छ । कम्पनीले कुल खर्चमा कर्मचारी खर्चमा ५७.९१ प्रतिशत खर्च गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares