ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा सम्पन्न, २५.५० प्रतिशत लाभांश पारित
प्रकाशित:
२४ मंसिर २०८१
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । आज आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा सम्पन्न सभाले बैंकको ६.५० बोनस सेयर र कर प्रयोजनसहित १९ नगद गरी कुल २५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यसै गरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव लगायतको एजेण्डामाथि छलफल गरी पारित गरको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गरेको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares