करिब २२ प्रतिशतले बढ्यो सगरमाथा जलबिद्युत कम्पनीको नाफा

अर्थकागज
प्रकाशित: १९ माघ २०८०
Image description

काठमाडौं । सगरमाथा जलबिद्युत कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

यस अवधिमा कम्पनीले ६ करोड ५९ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.९७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी २.२६ प्रतिशतले बढेर १६ करोड ३३ लाख पुगेको छ गत बर्षको यसै अवधिमा कम्पनीले बिद्युत बिक्रिबाट १५ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको नाफा बढेपनि प्रतिसेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ । अघिल्लो बर्षको यहि अवधिको तुलनामा कम्पनीको चुक्ता पूँजी ९६.०८ प्रतिशतले बृद्धि भएकाले ईपिएमा गिरावट देखिएको हो । कम्पनीको ईपिएस ३७.७९ प्रतिशतले घटेर ११.७७ रुपैयाँ पुगेको छ भने नेटवर्थ १११.०३ रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर