निफ्राले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: १४ मंसिर २०८०
Image description

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले बार्षिक साधारणसभाा बोलाएको छ । कम्पनीको बिहीबार (मंसिर १४ गते) बसेको सञ्चालक समितिको बैठकले पुस १७ गते अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे बोलाएको हो ।

सभामा कम्पनीले ४.२१०५% नगद लाभांश(कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर