विनोद चौधरीमाथि भईरहेको अनुसन्धानबारे सभामुखलाई पत्राचार
प्रकाशित:
०८ चैत २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेस सांसद विनोदकुमार चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुख देवराज घिमिरेलाई पठाएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीमाथि छानबिन भइरहेको जानकारी प्रहरीले सभामुख घिमिरेलाई गरेको हो ।
संसदीय अभ्यासमा प्रहरीको यो पत्राचार पहिलो पटक हो । फौजदारी कसुर अनुसन्धानमा सदस्य पक्राउको जानकारी सभामुखलाई दिनुपर्ने संवैधानिक दायित्व प्रहरीलाई भए पनि अनुसन्धान जारी रहेको जानकारी दिनुपर्ने व्यवस्था छैन । साथै यसअघि अनुसन्धान भइरहेको जानकारी दिने अभ्याससमेत छैन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares