नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा आज, सेयरधनीलाई छैन लाभांश
प्रकाशित:
१९ चैत २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औँ बार्षिक साधारणसभा आज चैत्र २० गते नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादी काठमाडौंमा विहान १० बजेदेखि सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि बैंकले फागुन २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २३ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागि हुन पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares