नाफामा छलाङ्ग मार्दै सिटिजन लाइफ

अर्थकागज
प्रकाशित: २९ साउन २०८०
Image description

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा आफ्नो पकट जमाउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नाफामा उल्लेखनिय प्रगतिको पदको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

जुन गत आर्थिक वर्ष भन्दा ६५ दशमलव ८८ प्रतिशतले बढी हो।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ५ अर्ब ०१ करोड रुपैयाँ खुद बीमशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा आफनो खुद बीमाशुल्क आर्जन बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुराएको छ ।

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ ।

अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ०३ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष २१ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६२ करोड छ । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर