आईसिएफसी फाइनान्समा संचालकको लुटतन्त्र, होटल सुविधा २३३.३३ प्रतिशतले बढाउँदै
काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडका संचालकले लुटतन्त्र मच्चाएका छन् । यस फाइनान्सका संचालकहरु सेयरधनीलाई प्रतिफल दिनेमा भन्दा पनि तलव भत्ताको बृद्धिमा ध्यान केन्द्रित गराएका छन् । कम्पनी भित्र खराब कर्जाले सिमा नाघेको बेला यस फाइनान्सका कम्पनीका संचालकहरुले तलव भत्ताको तीन महले सुटुक्क पास गर्ने योजना भएका छन् । २२ औं बार्षिक साधारणसभामा संचालकले भारी तलव भत्ता बृद्धि गर्ने योजनामा छन् । संचालकको होटल सुविधा मात्रै २३३.३३ प्रतिशतले बढाउने भएका छन् । होलट सुविधा हालको अध्यक्षलाई ३ हजारबाट १० हजार रुपैयाँ र संचालकहरुलाई ३ हजारबाट ८ हजार पुर्याउने प्रस्ताव अघि सारेको छ । यो भनेको अध्यक्षको होटल सुविधाको प्रतिशत २३३.३३ प्रतिशत रहेको छ ।
त्यसै गरी दैनि खाना भत्ता हाल अध्यक्षलाई २ हजार ५ सयबाट ५ हजार र संचालकहरुलाई २ हजार ५ सयबाट ५ हजार पुर्याउने प्रस्ताव रहेको छ । त्यसै गरी बैठक पनि हाल अध्यक्षलाई प्रति बैठक १२ हजारबाट १५ हजार र संचालक सदस्यलाई प्रति बैठक भत्ता १० हजार बाट १३ हजार पुर्याउने प्रस्ताव अघि सारेको छ । संचालकहरुको बैठक भत्ता भने २५ प्रतिशतले बढाउने भएको छ । कम्पनीको सुशीलकुमार अर्याल अध्यक्ष रहेका छन् ।
Shares