सेबोनले दियो थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स
प्रकाशित:
२५ साउन २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ ।
साउन २४ गते धितोपत्र बोर्डले गरेको निर्णयानुसार जे.वि.एन. एल. सेक्युरिटिज, आर वि.वि. सेक्युरिजिट र सि.वि.आई.एल सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डबाट ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ वटा पुगेको छ ।
धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares