सेयर बजारमा हटकेक कम्पनी 'कुथेली बुखरी स्मल हाइड्रोपावर' को नाफा १ करोड ५७ लाख

अर्थकागज
प्रकाशित: २९ साउन २०८१
Image description

काठमाडौं । हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५७ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस कम्पनीले १ करोड ४२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड ३ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ करोड ३२ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त कम्पनीको वित्तीय खर्च ५९ लाख ८ हजार रहेको छ भने अन्य आम्दानी १५ लाख ३३ हजार छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ ।

चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको कुथेलीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ । यसको प्रतिकित्ता सेयर भाउ २२०८.८० रुपैयाँ रहेको छ । यो हाइड्रोपावर समूहको सबैभन्दा महँगो सेयर भएको कम्पनी हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर