आजको मौषमः वर्षा र हिमपातको सम्भावना कहाँ ?

अर्थकागज
प्रकाशित: ०३ फागुन २०८०
Image description

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको छ।

तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।


गण्डकी प्रदेशको पहाडी भू—भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर