बुद्धभूमि हाइड्रोपावरको साधारणसभा सम्पन्न, १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थकागज
प्रकाशित: २१ पुस २०८०
Image description

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभा शुक्रबार अम्रपाली ब्याङ्क्वेटमा भव्य र सभ्यरुपले सम्पन्न भएको छ ।

कम्पनीका अभयक्ष पुर्ण लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले एक सय ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

हकप्रद सेयर जारीपछि संकलन रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ । 

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ । त्यस्तै गरी सभाले लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक तय पनि गरेको छ । सभाले कम्पनीको हाल कै संस्थापक समूहको संचालक समितिलाई अर्को कार्यकालका लागि पनि सर्वसम्मतिमा चयन गरिएको छ. ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर