आज विकास हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

अर्थकागज
प्रकाशित: २१ असार २०८२
Image description

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले असार १८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २२) अन्तिम दिन हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपियाँबराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये प्रतिकित्ता १०० रुपियाँमा ९ लाख ९ हजार १०१ कित्ता सेयर आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा गएका नेपालीमा असार ५ गते बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर