अवरुद्ध मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा
प्रकाशित:
१० साउन २०८३
चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो र माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको सडक हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडक खण्डको १७ किलो क्षेत्रमा माथिबाट ठूला ढुंगा खसेर सडक अवरुद्ध भएको थियो । ती ढुंगा हटाएपछि सवारी आवागमन पुनः सञ्चालनमा आएको जनाएको छ।
डिभिजनका अनुसार केही ठूला ढुंगा अझै पनि ‘ब्रेकर’ मेसिनको प्रयोग गरी हटाउनुपर्ने भएकाले सफाइको काम जारी रहेको छ ।
सडक डिभिजनले उक्त सडक खण्डमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सबै यात्रु र चालकलाई आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares