श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

अर्थकागज
प्रकाशित: १९ मंसिर २०८०
Image description

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ दमौती गाउँबाट एक वृद्धको हत्या आरोपमा एकैघरका आमा छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका ५ दमौती शुक्लाई गाउँ बस्ने ६० वर्षिय वद्ध तीन दिनदेखि वेपता भएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले वेपत्ता भएका ६० वर्षिय श्याम कुमार राईको सव घर नजिकैको जंगलमा गाडेको अवस्थामाफेला पारेको थियो ।

सो घटनामा प्रहरीले मृतक राईको श्रीमती ४० वर्षिय नीर कुमारी रैनीले सामान्य घरायसी विवादका कारण आवेशमा आएर घाँटी थिच्दा श्यामको मृत्यु भएको र छोरा सुरनको सहयोगमा जंगलमा लगेर खाल्डो खनेर पुर्ने काम गरेको भन्ने खुलेकोले दुबैजनालाई पक्राउ गरी ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर