लगानीकर्ताले भन्न थाले-'आई एम अ नेप्से बुल'

अर्थकागज
प्रकाशित: १३ असोज २०८०
Image description

काठमाडौं । बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरुका चर्चित ब्यक्तिहरुले 'आई एम अ नेप्से बुल' भन्ने प्रोफाईल फोटो आफ्नो फेसबुकमा पोस्ट गर्न थालेका छन् । जसमा आई एम अ नेप्से बुल लेखिएको छ ।

बजारले न्यूनतमको बटम लगाएर बुलिस यात्राको सुरुवात गर्ने लाग्दा नियामक निकायको नीतिगत दबाबले बजारले स्पष्ट बुलिस यात्रा तय गर्न नसकिरहेको अबस्थामा सम्पूर्ण लगानीकर्तालाई पेनिक नभई बुलिस मनोबिज्ञान निर्माण गर्न सेयर बजारका करिब २ दर्जन जति चर्चित लगानीकर्ताहरुले यो अभियानमा सरिक भएका छन् । जसल नीति निर्माण तहमा रहेकाहरुलाई पनि सोच्न बाध्य बनाउने र नीतिगत त्रृटि सच्याई मार्ग प्रसस्त गर्न दबाब सृजना गर्ने अभियान्ताहरुको राय रहेको छ ।

भनाईमा आफ्नो फोटोमा हालेर फेसबुकमा हाल्दा पुँजी बजारमा सकारात्मक भाव पैदा हुने उनीहरुको भनाई रहेको अर्थ कागजलाई बताए ।

यो भनाई राखेर आफ्नो फोटो फेसबुकमा हाल्नेमा सेयर बजारका चर्चित लगानीकर्ताहरु संन्दिप जलान, अतित लाल श्रेष्ठ, एस.पी. चौलागाईं, रोहन कार्की दिपेन्द्र अग्रवाल, सुवास कार्कि, हरिस खनाल र सुबास चन्रद ढुङ्गाना लगायतका करिब २/३ दर्जन लगानीकर्ता रहेका छन् ।


प्रतिक्रियाहरू

Shivram adhikari Adhikari shivram

2 years ago

खरिद गर्नुपर्छ अब तल धेरै जाँदैन

सम्बन्धित खबर