सुन तोलामा २७ सयले बढ्यो

अर्थकागज
प्रकाशित: १४ कात्तिक २०८२
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २७ सयले बढेर तोलाको २ लाख ३९ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले बढेर ३०६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर