हिमालयन लघुवित्तले लाभांश नदिने, मर्जरको प्रस्तावसहित डाक्यो साधारणसभा


काठमाडौं । हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंशिर ५ गते बुधबार बसेको संचालक समिती बैठकले मंशिर २७ गते बिहिबारका लागि साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले यस पटक गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले मंशिर २७ गते बोगन भिल्ला ईभेन्टस, त्रिपुरेश्वर काठमांडौमा १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान १० बजे बोलाएको हो ।
सभाले आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगाएता ऐजेन्डा पारित गर्नेछ । त्यस्तै सभाले मर्जरका लागि संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंशिर १६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंशिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन ।
Shares