सानिमा क्यापिटलका ३ म्युचुअल फण्डको आकर्षक लाभांश घोषणा, कुनको कति ?
प्रकाशित:
१५ भदौ २०८१
काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ३ वटा म्युचुअल फण्डहरुको लाभांश घोषणा भएको छ ।
भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि ण्सानिमा इक्विटी फण्डका ईकाइधनीहरुका लागि १५ प्रतिशत, सानिमा लार्ज क्याप फण्डका ईकाइधनीहरुका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्डका ईकाइधनीहरुका लागि १० प्रतिशत लाभांश वितरणको प्रस्तावव गरेको छ ।
सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सानिमा इक्विटी फण्ड”, “सानिमा लार्ज क्याप फण्ड” र “सानिमा ग्रोथ फण्ड” नामक बन्दमुखी योजनाहरुको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई लाभांश घोषणा गरेको क्यापिटलले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares