नागरिक लगानी कोषको साधारणसभाबाट १४.७३६८ प्रतिशत लाभांश पारित

अर्थकागज
प्रकाशित: ३० असार २०८१
Image description

काठमाडौं । नागरिक लगानी कोषको लाभांश साधारणसभाबाट पारित भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा आज भएको २९ औं वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद लाभांश पारित भएको हो । सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल भएको थियो । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पास गरेको छ । सभामा १९ जना सेयरधनीले बोलका थिए । सभामा सेयर लगानीकर्ताले उठाएका प्रश्नहरूको कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले प्रश्नको सम्बोधन गरेका थिए।


प्रतिक्रियाहरू

सम्बन्धित खबर