सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

अर्थकागज
प्रकाशित: ०१ फागुन २०८०
Image description

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ३० गते बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले ३० औँ वार्षिक साधारण सभा लिसारा रिसेप्सन, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश(कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र संस्थापक समूहबाट ४ जना सञ्चालक समितिमा निर्वाचित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन पाउने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर