नबिल इन्भेष्टेमन्ट बैंकिङले साउन ३० बाट ‘एनआई ३१’ निष्काशन गर्ने
काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ लिमिटेडले आफ्नो दोस्रो खुलामुखि योजना निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआई ३१ निष्काशनमा ल्याउन लागेको हो । सो योजनाको इकाईका खरिदका लागि साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपियाँ अंकित दरमा १५ करोड रुपियाा बराबरको १ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन लागेको हो ।
निष्काशन गरिने कुल इकाईको १५ प्रतिशत अर्थात ३ करोड ७५ लाख रुपियाँबराबरको ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरी बाँकी रहेको १ करोड १२ लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
Shares