स्थानीयले नकिनेको चिरख्वा हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई, २३ गतेदेखि खुला हुँदै

अर्थकागज
प्रकाशित: १२ असोज २०८०
Image description

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि असोज २३ गतेदेखि आईपीओ खुला गर्ने भएको छ । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणको निश्कासन गर्न लागेको हो । स्थानीयले नकिनेको १ लाख ९५ हजार ३ सय आईपीओ कित्ता पनि थप गरिएको छ ।

यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर