उपकार लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: ३२ साउन २०८२
Image description

काठमाडौं । उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । आज अर्थात भदौं १ गते एक कार्यक्रमबीच भदौ १२ गते बिहीबारदेखि लागु हुने गरि उपकार लघुवित्तले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।

यस संगै उपकार लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सेवा एनआईसी एशिया क्यापिटलले प्रदान गर्ने छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर