सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौ वार्षिक साधारण सभा सम्पन्न

अर्थकागज
प्रकाशित: २५ पुस २०८१
Image description

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको छैटौ बार्षिक साधारण सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा आज सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ % का दरले हुन आउने रु ३२,५५,००,०००।– (रुपैँया बत्तिस करोड पच्चपन्न लाख मात्र) बराबरको बोनश शेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने रु १३,९५,००,०००।– (रुपैँया तेह्र करोड पन्चानब्ये लाख मात्र) (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर