सेयर बजारलाई व्यवस्थित बनाएर स्थिरता दिनुपर्ने चुनौति छः अर्थमन्त्री पुन

अर्थकागज
प्रकाशित: २३ फागुन २०८०
Image description

नबनियुक्त अर्थमन्त्री बर्षमान पुनले आफुँसंग सेयर बजारलाई व्यवस्थित बनाएर स्थिरता दिनुपर्ने चुनौति रहेको बताएका छन् । अर्थमन्त्रीका रुपमा पदभार ग्रहणपछि बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

'अहिले तरलता व्यवस्थापनको समस्या छ । पुँजीगत खर्च बढाउनुपर्ने, सेयर बजारलाई व्यवस्थित बनाएर स्थिरता दिनुपर्ने, घरजग्गा क्षेत्र चलायमान बनाउनु पर्नेलगायत धेरै चुनौति छ । यी क्षेत्रमा समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोगमा निजी क्षेत्रलाई साथै लिएर प्रभावकारी रुपमा काम गर्नेछु' मन्त्री पुनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर