नेप्से र कारोबार रकममा सुधार, मार्केटप्रति लगानीकर्ताको विश्वास बढ्दै

अर्थकागज
प्रकाशित: २० कात्तिक २०८०
Image description

काठमाडौं । नेप्से र कारोबार रकम विस्तारै बढेसँगै लगानीकर्तामा मार्केटप्रति विश्वास बढ्दै गएको देखिएको छ । मंगलबार बजार ११.२२ अंकले बढेर १८५८ विन्दुमा कायम भएको छ । मंगलबार ९९ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार कुल ९३ करोड रुपैयाँ बराबर भएको थियो ।

कुल १४४ कम्पनीको मूल्य बढ्दा ८३ को घट्यो भने १२ को स्थिर रह्यो ।

यस दिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । त्यस्तै सोनापुर सिमेन्टको ५.२, सिटिजन लाइफ इन्स्योरेन्सको ५, मल्टिपर्पोज फाइनान्सको ४.६ र इङ्वा हाइड्रोपावरको मूल्य ४.४ प्रतिशत बढ्यो ।

यता, स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.२ प्रतिशत घटेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.९९, बाराही हाइड्रोपावरको ३.१९, बलेफी हाइड्रोपावरको ३ र मेन्छियाम हाइड्रोपावरको २.५ प्रतिशत मूल्य घट्यो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर