नेशनल लघुवित्तको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा
प्रकाशित:
२५ असार २०८२
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
लघुवित्तले ८ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि लघुवित्तले संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइसकेको छ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो ।
सेयर खरिद गर्न इच्छुक खरिदकर्ताले १५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares