घलेम्दी हाइड्रोपावरले ३२ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री गर्दै

अर्थकागज
प्रकाशित: ०२ माघ २०८०
Image description

काठमाडौं । घलेम्दी हाइड्रोपावरले बिक्री नभएको हकप्रद सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले माघ ९ देखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर