नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

अर्थकागज
प्रकाशित: ०८ फागुन २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहीबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज शिवम सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो । नेप्सेको अनुसार फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४ सय ४४ दशमलव २१ कित्ता बोनस शेयर , शिवम सिमेन्टको ८.५५ प्रतिशतले हुन आउने ४२ लाख ९८ हजार ८५ कित्ता बोनस शेयर र कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५ सय २ दशमलव २२३४ कित्ता बोनस शेयर रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर