हिमालयन बैंकको एफपीओको बाँडफाँड कहिले ? यस्तो छ सिटिजन्स क्यापिटलको जवाफ

अर्थकागज
प्रकाशित: ०७ साउन २०८२
Image description

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको एफपीओ (थप सार्वजनिक निष्कासन) को बाँडफाँडको तयारीमा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल जुटेको छ । अर्थ कागज डट कमले हिमालयन बैंकको एफपीओको बाँडफाँड कहिले भनेर सिटिजन्स क्यापिटललाई सोधेका थिऔं । अर्थ कागजको यो प्रश्नमाथि सिटिजन्स क्यापिटलको उत्तर यस्तो छ -'हामी एक /दुई दुई दिनमा प्रिअलटमेन्ट गर्नेछौं । अहिले केही बैंककोे आवेदन माथि भेरीफाई गर्ने काम भैरहेको छ । सकेसम्म छिटो भन्दा छिटो बाँडफाँड गर्ने कोसिस गरिरहेका छौं ।'

क्यापिटलको यो भनाईलाई अनुमान गर्दा हिमालय बैंकको एफपिओ अर्काे हप्ताको आईतबार वा सोमबार बाँडफाँड हुने देखिन्छ । क्यापिटलले भने समय भने तोकेको छैन् ।

हिमालयन बैंकले असार ३२ गतेदेखि ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो । गतआइतबार साँझ ५ बजेसम्म एफपीओमा १७ लाख ८६ हजार ७८२ आवेदकले भरेका छन् । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाउने छन् ।

सीआस्बा सदस्य बैंकबाट भरेका केही आवेदन थप हुने भएकाले यो संख्या केही बढ्न जानेछ ।

बैंकले अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको थियो । 


प्रतिक्रियाहरू

Shiva bahadur Khatri

9 months ago

के प्रतिक्रिया दिनु छ र ७ गतेलाई ८ गते लेख्नुहुन्छ

Milan Khadka

9 months ago

छिटै बाँड्नु पर्यो

Milan Khadka

9 months ago

छिटै बाँड्नु पर्यो

Milan Khadka

9 months ago

छिटै बाँड्नु पर्यो

Milan Khadka

9 months ago

छिटै बाँड्नु पर्यो

Dhana khatri

9 months ago

छिटो पैसा फिर्ता गर्नु Ipo नपरेको।

Dhana khatri

9 months ago

छिटो पैसा फिर्ता गर्नु Ipo नपरेको।

सम्बन्धित खबर