हिमालयन उर्जाले तोक्यो बुकक्लोज मिति, कहिले सम्म सेयर किन्दा पाइन्छ १०० प्रतिशत हकप्रद ?


हिमालयन उर्जा विकास लिमिटेडले हकप्रदका लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको १ः१ अर्थात १०० प्रतिशत हकप्रद प्रयोजनका लागि बुकक्लोज मिति तोकेको हो ।
कम्पनीले हकप्रद प्रयोजनाका लागि यहि असार २० गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएका छ । अर्थात असार १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदा दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले असार ७ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।
Shares