१४ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ भने कम्पनीको वित्तीय आम्दानी ३३ प्रतिशतले घटेको छ। १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी घटेर ३८ रुपैयाँ ६६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ ०९ पैसा छ ।
Shares