उपत्यका बिदामा नेप्से बन्द भएपछि लगानीकर्ताको चर्काे बिरोध, मोफसलमा नयाँ नेप्सेको माग
प्रकाशित:
१८ जेठ २०८२
काठमाडौं । नेपाल सरकारले आज उपत्यकामा बिदा दिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द भएको छ । सरकारले दिएको काठमाडौं,भक्तपुर र ललितपुर बिदामा काठमाडौंको युएनआई शान्ति मार्ग, भद्रकालीमा रहेको नेप्सेको कार्यालय बिदा नहुने कुरै भएन । नेप्से बन्दा हुदा लाखौंलाख लगानीकर्ता मर्कामा परेका छन् । जसले गर्दा लगानीकर्ताले अहिले समाजिक संजालमा चर्काे विरोध गरिरहेका छन् । विशेष गरी उपत्यका बाहिर मोफसलका लगानीकर्ता विरोध गरेका हुन् ।
लगानीकर्ताले उपत्यका बाहिर पनि नेपाल स्टक एक्सचेन्जको कार्यालयको माग गर्न थालेका छन् । मोफसलमा नेप्सेको माग गर्नेमा चर्चित लगानीकर्ता सुवास चन्द्र भट्टराइ पनि रहेका छन् । लगानीकर्ता सुवास चन्द्र भट्टराई आफ्नो फेसबुकमा स्टाटस लेख्छन् -'काठमाडौमा सार्वजनिक बिदा हुदा सेयरबजार पनि बन्द हुने हुदाँ नेपाल स्टक एक्सचेन्जको नाम बदलेर काठमाडौं स्टक एक्सचेन्ज राखौ मात्र भनेको हो । नयाँ स्टक एक्सचेन्ज चाहि कर्पाेरेट अफिस बुटबल राखौ है ।’ भट्टराईको यो स्टाटसमा सयौं लगानीकर्ताले अर्काे मोफसलमा नयाँ स्टक एक्सचेन्जको माग सहित कमेन्ट गरेका छन् ।
त्यसै गरी अर्काे लगानीकर्ता डम्बर ढुगांना फेसबुकमा लेख्छन मात्र तीन जिल्लामा बिदा हुँदा समग्र देशको सेयर बजार नै बन्द गरिनु हुँदैन ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares