घलेम्दी हाइड्रो लिमिटेडले धितोपत्र बोर्डबाट पायो २००% हकप्रद सेयर निश्कासन गर्ने अनुमति

अर्थकागज
प्रकाशित: १७ असोज २०८०
Image description

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले घलेम्दी हाइड्र्रो लिमिटेडलाई २०० प्रतिशत हकप्रद सेयर निश्कासनको गर्न स्वीकृति दिएको छ ।

 कम्पनीले १ : २ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद सेयर निश्कासन गर्न अनुमति दिएको हो । 

कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद सेयर निश्कासन गर्नको लागि सेयर निश्कासनको तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रबरद्धित संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत सेयर कायम हुने गरि लगानी गर्न हकप्रद सेयर निश्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।

यस अघि मिति २०८० गत बैशाख १६ गते सम्पन्न साधारण सभाबाट हकप्रद सेयर सम्बन्धी प्रस्ताव उल्लेख सेयरधनीहरुको सहभागिताका साथ पारित गरेको थियो ।

प्रतिक्रियाहरू

shushil bhandari

2 years ago

कहिले सम्म कायम हुने सेयर धनिले याे भर्न पाउछन बुकक्लाेज कहिले हाे यस्काे

chintamani

2 years ago

date . kahile samm ho

सम्बन्धित खबर