सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न
प्रकाशित:
०४ मंसिर २०८०
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको बाइसौं वार्षिक साधारण सभा आज अर्थात मंगलबार सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा काठमाडौं, बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाले बैंकको चुक्ता पूँजी १४,०८,९९,८०,१८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) को ४.२१ प्रतिशतका दरले हुने . ५९,३१,८८,१६६/- (अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares