लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?
साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले आफ्नो ५७ औँ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले साधारणसभा आह्वानको निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार साधारणसभा आउँदो चैत्र २३ गते त्रिभुवन आर्मि अफिसर्स क्लब भद्रकाली काठमांडौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशतबोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश रहेको छ।
त्यस्तै सभाले गत आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको बार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्तीको प्रस्ताव समेत पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ चैत्र ९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Shares