नेपाल टेलिकमको नाफामा ७ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?
काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको अन्य आम्दनी ५६७ प्रतिशतले बढेको छ भने वित्तीय आम्दानी ८.६१ प्रतिशतले घटेको छ। १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी घटेर ४३ रुपैयाँ ६८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा छ ।
Shares