हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा
हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २५ गते विहिबार बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो ।
संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त लाभांश नियामक निकायबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
प्रतिक्रियाहरू
parbin pandey
2 years ago
good
NABIN RANA
2 years ago
1006 Rupaiya kahile ho Firta paune
Shares