चौतर्फी विरोधपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता !
प्रकाशित:
१३ असोज २०८०
काठमाडौं । सरकारले चौतर्फी विरोधपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो।
निगमले शनिबार राती १२ बजेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको थियो ।
सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने भएको हो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares