टक्सार पिखुवा खोला हाइड्रोपावरलाई अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र I-REC (International Renewable Energy Certificate) पाउन सफल भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) को आज सम्पन्न २३ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले टक्सार पिखुवा खोला हाइड्रोपावरका संचालक समितिका अध्यक्ष अजय बल्लव पन्तलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र हस्तान्तरण समारोहमा माननीय जल तथा ऊर्जा मन्त्री दीपक खड्का, र इप्पानका अध्यक्ष गणेश कार्कीको उपस्थिति रहेको थियो ।
यो प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो जलविद्युत आयोजना बन्न पाउनु हाम्रो लागि मात्र होइन, समग्र स्वच्छ ऊर्जा क्षेत्रको लागि एक प्रेरणादायी उपलब्धि भएको कम्पनीका अध्यक्ष अजय बल्लव पन्तले बताएका छन् ।
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड स्वच्छ ऊर्जा, दिगो विकास र राष्ट्रनिर्माणमा अग्रणी भुमिका निभाउने दृढ संकल्पका साथ अघि बढिरहेको अध्यक्ष पन्तले सुनाए ।
कम्पनीले भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादनबाट नियमित आम्दानी गर्दै आईरहेको छ ।
प्रतिक्रियाहरू
Hemanta Sharma Sharma
1 year ago
Heartiest congratulations 🍾
Navin
1 year ago
Great achievement by DEV GROUP I am very grateful to be a part of DEV GROUP
Shares