आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

अर्थकागज
प्रकाशित: २१ साउन २०८२
Image description

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक सयले घटेर तोलाको एक लाख ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मुल्य अहिलेसम्मकै सबै भन्दा बढी तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २२८० मा कारोबार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर