“फरक प्रसँग” कार्यक्रम प्रस्तोतामा देखिए मोडल तथा युवा कलाकार दामोदर भट्ट

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description

काठमाडौं ।  युनिभर्सल टेलिभिजनको अन्तर्वाता फरक प्रसँगमा युवा मोडल तथा कलाकार दामोदर भट्ट कार्यक्रम प्रस्तोताको रुपमा देखिएका छन् । मिडिया क्षेत्रमा निरन्तर लामो समयदेखी कार्यरत  भट्ट गोरखापत्र संस्थान धर्मपथ काठमाण्डौमा झण्डै चार बर्ष भन्दा बढी समय ब्यापार शाखामा काम गरिसकेका छन्  । 

केही समय पहिले नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्यटेली शृंखलाअती भो मा युवा कलाकारको नयाँ भूमिकामा देखापरेका उनी एकाएक मेगा टेलिभिजनको आर्थिक कार्यक्रम  'BIZ BOZAT' मा कार्यक्रम प्रस्तोताको रुपमा मेगा टेलिभिजनको 'BIZ BOZAT'  मा कार्यक्रम प्रस्तोता भएर काम गरेको अनुभव छ । 

हाल उनी नेपालको अर्थतन्त्रसँग जोडीदै आर्थिक कार्यक्रम संचालक को रुपमा काम गर्दै गर्ने क्रममा अली फराकिलो रुपमा युनिभर्सल टेलिभिजनको अन्तर्वाता कार्यक्रम  “फरक प्रसँग” मा दमदार रुपमा देखिएका छन् । 

उक्त कार्यक्रम फरक प्रसँग नाम बाट नै प्रस्ट हुन्छ अरु भन्दा निकै नै फरक छ, उक्त कार्यक्रमले नेपाल को समाजिक, आर्थिक, राजनीतिक, समसामयिक साथै मनोरन्जन लगाएत अन्तराष्ट्रिय स्तरका सम्पुर्ण क्षेत्र समेट्ने छ र राष्ट्र बिकाशमा यस बहसले ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर