सिईडिबि होल्डिङ्ग्सको साधारणसभा सम्पन्न, हकप्रद सेयर पुनः अनुमोदन गर्ने

अर्थकागज
प्रकाशित: १३ जेठ २०८३
Image description

काठमाडौं । सिईडिबि होल्डिङग्स लिमिटेडको बार्षिक साधारणसभा आज अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ । सभाले हकप्रद सेयर पुनः अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४५.५ प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । 

त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा/नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गरी २०८२/८३ को लागि लेखा परिक्षक नियुक्त गर्नुको साथै नीजिको पारिश्रमिक समेत तोकेको छ । 

त्यसै गरी सभाले कम्पनीको जारी पूँजी हेरफेर गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्ने आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा बोल्ने सेयरधनीहरुहरुले यो आर्थिक वर्षमा लाभांश दिन आग्रह गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर