छ्याङ्दी हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: ०४ पुस २०८१
Image description

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको दशौं र एघारौं बार्षिक साधारणसभा आज अग्रवाल भवन, कमलपाखरी काठमाडौंमा भव्य रुपले सम्पन्न भएको छ । सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरिएको आ.व. २०७९/०८० तथा २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७९/०८० र आ.व. २०८०/०८१ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० र आषाढ मसान्त २०८१ को वासलात, तथा सोही मितिहरुमा समाप्त आ.व. २०७९/०८० र २०८०/०८१ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु) उपर छलफल गरि पारित गर्ने  प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले आ.व. २०८०/०८१ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट नियुक्त लेखापरीक्षक श्री आर. सापकोटा एण्ड एशोसियटस, चाटर्ड एकाउन्टेन्ट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिकलाई अनुमोदनको गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०८१/०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको सेवा सुविधाको प्रस्ताव पनि पारित गरेको छ । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर